Friday, November 11, 2011

एक छिन् हासौ न

१. एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :
" हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।
___________________________________________________
२. एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।
कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त साहुजी :
ल यो लिनुहोस् राम्रो छान्नुस :
कती पर्छ यसको ? साहुजी : ५००
ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन त ।
___________________________________________________
३. एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो " सेफ फुटाउनु जरुरी छैन , ४५२ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्‍यो भने सेफ आँफै खुल्नेछ । जब त्यो चोरले बटन दबायो अर्लाम बज्यो र पुलिस आएर त्यो चोरलाई समातेर लग्यो ।जादा जादै चोरले त्यो साहुजीलाई भन्यो " आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो । "
___________________________________________________
४. स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ?
लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।
___________________________________________________
५. एउटा साथी अर्को सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ?
अर्को साथी : देखेको मात्र हैन मेरो घर मै छसाथी : हो र ?
अर्को साथी : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु
___________________________________________________
६. लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाईदा भएको छ ।
स्वास्नी :( खुशी हुँदै ) हो र कसरी नि ?
लोग्ने : मलाई मैले गरेको पाप को सजाए म जिउदो हुँदै पाई रहेको छु नि त ।
___________________________________________________
७. एउटा बच्चा धेरै बेर देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ ।
बुढा : बाबु तिमी के गर्दै छौ ?
बच्चा : अंकल यो घन्टी बजाउन चाहन्छु ।
बुढा (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिए, अब के गर्नु ?
बच्चा : अब भागौ .......
___________________________________________________
८. पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन । भोली पल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर , सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ , भोली पल्टको पत्रीका मा समाचार छापियो " हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन ___________________________________________________
९. बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछ क्यसियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ? लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?
___________________________________________________
१०. स्वास्नी : "हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि!"लोग्ने : "तिमीलाई भ्रम पर्यो जस्तो छ। "स्वास्नी : "कस्तो भ्रम?? "लोग्ने : "म निदाएको थिए भनेर!!
___________________________________________________
११. तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए । पहिलोले भन्दै थियो , एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु । झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो ,’मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ‘चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडीनै गनेको हो
___________________________________________________
१२.युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाले । एउटा केटीले सोधेछन : आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त ॥बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ
___________________________________________________
१३.शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ ? राम : ३ प्रकारको सर शिक्षक : स्याबास , अब तिनै वटाको एउटा एउटा उदाहरण देउत राम : सर ,मैले हिजो तपाईंको छोरीलाई देखेको थिए , आज म उनिलाई माया गर्छु र भोली म उसलाई भगाएर लानेछु ।
___________________________________________________
१४.पुलिसको एउटा अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ ।
अफिसर : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउदै खुब हल्ला मच्चायौ रे , यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ ? तिमीले सोचेको छौ ?
पुलिस : यो त तपाईंलाई म भन्दा धेरै थाहा होला नि , ठेलामा त तपाईं सवार हुनु हुन्थो त ।
____________________________________________________
१५.शिक्षक : तिमीहरुको परिक्षा नजिक आईसक्यो ,अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ । माधव नेपालको छोरा : उठ्यो र भन्यो ,सर तपाईंहरु प्रश्न पत्र कहाँ छाप्दै हुनु हुन्छ ?
____________________________________________________
१६.भिखारी : साहब, एक रुपैयाँ दिनुस् ।
साहब : तिमीलाई लाज लाग्दैन ? सडकमा उभिएर भिख माग्नलाई ?
भिखारी : अनी के तेरो एक रुपैयाँको लागि म अफिस खोलौ त ?
____________________________________________________
१७. एउटा प्रेमिलाई प्रेमिकाले फोन गरेर भनिन्, मेरो घरमा कोही पनि छैन तिमी आउन्...प्रेमी खुशी हुँदै प्रेमिकको घर पूगयो तर साचिकै घरमा कोही पनि थिएन ।
____________________________________________________
१८. प्रेमि:- बिहान खेर कसको अनुहार देखिएछ्, आज दिनभर एक सिता अन्न पनि पेटमा परेको छैन । प्रेमिक:- मैले भनेको मान्दैन । त्यो तिम्रो बेडरुममा भएको ऐन हटाइदेउ, नत्र सधै यस्तै होला ।

अचम्मको कुरा

१.सुन्ने शक्ति
यस पृथ्वीमा भएका प्राय सबै प्राणिहरु कानले सुन्ने गर्दछन । तर कृकेट्स नामक जिव घुडाले सुन्द्छ भन्ने सिकडा नामक समुन्द्री जिव पेट्ले सुन्ने गर्दछ ।
___________________________________________________

२.कछुवलाई मृत्युदण्ड
हत्याको अभियोगमा जुलाई 1981 मा एक कछुवालाई मृत्युदण्ड्को सजाए सुनाइएको थियो । द्क्षीणि अफ्रीका को क्यासिनको एक गाउँमा त्यहाँका आदिवासिहरुको ६ जना मानिसको हत्याको शंकामा एक कछुवालाई दोषी ठहप्याएको थियो । उनिहरुको विश्वास थियो कि कुनै जादुद्रारा कछुवाले नै ति मानिस हरुलाई मारेको हुनु पर्दछ । त्यो कछुवालाई साङ्लोद्रारा रुखमा बाँधियो पछी सरकारले त्यो मृत्युको जाँच गर्ने कसम खाएपछी मात्र उक्त कछुवालाई मुक्त गराइ जीवनदान दिएको थियो ।
___________________________________________________



३.दुई प्रकार को दुध
पोथी रातो कंङगारू एकै समयमा आफ्नो स्तन वाट दुइ प्रकारको दुध दिने गर्दछ । यस्तो प्रकारको कंङगारू प्राय अष्ट्रेलियामा पाइन्छ ।
___________________________________________________
३.भाले आमा
जन्तु जगतमा समुद्री घोडा एक यस्तो प्रजाती हो, जसमा भालेले वँच्चा जन्माउँछ वास्तवमा भालेको पेटमा एक प्रकारको थैली हुन्छ । जहाँ पोथिले निकालेको अण्डा भालेले राख्दछ । जव ति अण्डाहरुबाट वच्चा निस्कन्छ्न तव यस्तो लाग्छ कि भालेले वच्चा जन्माउँदो रहेछ ।
___________________________________________________
४. सर्वाधिक टाटु
न्युजिल्यान्डका लक्की डाइमण्ड रिच को शरिरमा सर्वाधिक टाटु भएका व्यक्ती हुन । उनको शरिर मा छाला देखिने भागभरी टाटु छ । उनको आफ्नो शरिरमा १ सय भन्दा बढी टाटु आटिस्ट्को सहयोगमा १ हजार भन्दा बढी घन्टा खर्चेर टाटु खोपाएका हुन ।
___________________________________________________

५.सबैभन्दा लामो रोष्ट
मेक्सिकोमा वार्षिक रुपमा आयोजना हुने रोष्ट डि रियास महोत्सवमा यो वर्ष तयार पारिएको रोष्ट अहिले सम्मकै सवार्धिक लामो मानियो । ६ सय २० मिटर लामो रोष्ट १२ हजार किलोग्रामको थियो । उक्त परिकार २ लाख ५० हजार व्यक्तिलाई खान दिइएको थियो ।
___________________________________________________

५.तिब्र गतिको पौडि
सबैभन्दा तिब्र गतिले पौडी खेल्न सक्ने मनिसले प्रतिघन्टा सढे ९ किलोमिटर दुरी पार गर्न सक्छ भने सोही समयमा डल्फिन्ले ५६ किलोमिटर दुरी पार गर्न सक्छ ।
___________________________________________________
६.मुसा
पानी नपिई लामो समय सम्मा वाँच्चने प्राणी उटँलाई मनिए पनि अनुसन्धानले उटँभन्दा मुसा लामो समय सम्म पानी नपिई वाँच्न सक्ने देखाएको छ ।
___________________________________________________
७.बढी तौलको मस्तिष्क
मनिसको मस्तिष्कको तौल सरदर १ हजार ३ सय ७५ ग्राम हुन्छ । रुसका उपन्यासकार तुर्गनेमको मस्तिष्कको तौल २ हजार २१ ग्राम थियो ।
___________________________________________________

तास सम्वन्धी रोचक जानकारी

तास भनेर हामी तासलाई हेला गर्छौ, साँचो कुरा चाही तासलाई जुवाको रुपमा प्रयोग गरेर यसको दुरुपयोग गरेको हो, तासको वास्तविकता यस्तो छ । यसमा चार रङ छन । यि रङहरुको अर्थ यसप्रकार छ्:-
* पाना रङ रातो हुन्छ । यो वसन्त ऋतुको प्रतिक हो ।
* चिडिया रङ कालो हुन्छ । यो ग्रीष्म ऋतुको प्रतिक हो ।
* ईटा रङ रातो हुन्छ । यो शरद ऋतुको प्रतिक हो ।
* भोटे रङ कालो हुन्छ । यो शित ऋतुको प्रतिक हो ।
अर्थाथ :- तासको चार वटा चिन्ह वर्षका चार ऋतुहरु वसन्त्, ग्रीष्म्, शरद्, शित का प्रतिक हुन ।
एक पत्ती तासले एक हप्ता जनाउँछ । एउटा चिन्ह भएको तासको १३ वटा पत्तीहरु हुन्छन । एक ऋतुमा तीन महिना अर्थाथ १३ हप्ता हुन्छ । तासको चार वटा चिन्ह पाना, चिडिया, ईटा, भोटे र सबै पत्ती गन्दा अर्थाथ एक गडडिमा तास गन्दा ५२ पत्ती हुन्छ र एक वर्षमा ५२ हप्ता हुन्छ । एकका देखी बादशाह सम्मको १३ वटा पत्तिको दुबै फुट्टी गन्द ९१ हुन्छ । १३ हप्तामा ९१ दिन हुन्छ । १३ चौको बाउन्न हप्तामा ९१ चौको ३६४ दिन भयो । ५२ हप्ताको १ वर्ष र १ वर्षम ५२ साता ३६४ दिन हुन्छ । ५२ पत्ती तासमा जम्मा २ वटा जोकरहरु हुन्छ । ति जोकरहरु जतापनी मिल्छन । माथी भने अनुसार ५२ हप्ताको ३६४ दिन भयो । एक वर्षमा ३६५ पुप्याउँनु जुन हप्तामा वा जुन महिनामा १ दिन थप्नु पर्छ त्यो थप्ने काम एउटा जोकरले गर्छ । Leap Year अधिक वर्ष मा ३६६ दिन हुन्छ । प्रयोग हुन बाकी रहेको एउटा थप जोकरा Leap Year को लागी हो ।
एकिनसाथ तिथि-मिती भन्न नसके पनि तासको आविस्कर धेरै पहिले चिनमा भएको थियो भन्ने भनाइ छ । के भनिन्छ भने त्यसबेला चिनको वादशाहका धेरैवटी रानिहरु हुनेगर्थे , अरे । उनिहरुलाई दरबारको खोपी वाट वाहिर निस्कन दिदैन थियो अरे । अनि ति रानिहरुले दिन्, महिना ऋतु, चालपाउन क्यालेन्डरको रुपमा तासलाई प्रयोग गर्थे अरे । अहिले हामी तासको जुन रुप देख्छौ त्यो चाहिँ धेरै समय बिताई धेरै देश बिदेश डुली बनेको परिमार्जित रुप हो ।

त्रिभुवनसँगका रोचक प्रसंग

घटना मातृकाबाबु प्रधानमन्त्री हुँदाको हो । पूर्वराजा ज्ञानेन्द्रकी आमाको विवाह श्री ५ महेन्द्रसँग भएपछि कारणवश उनको मृत्यु भयो । तत्पश्चात् श्री ५ महेन्द्रले स्वर्गीय महारानीकै बहिनी रत्नसँग प्रेम भएको हुनाले बिहे पनि उसैसँग गर्छु भन्ने अठोट गरेका थिए । यता त्रिभुवनचाहिँ त्यो घरमा वा त्यस केटीसँग बिहे नहोस् भन्ने चाहन्थे । उनले छोरालाई सम्झाए । भने, "हाम्रो पनि त कतिसँग प्रेम भयो होला, के तिनलाई बिहे गरेर साध्य हुन्छ । अथवा, ल प्रेम भयो भने ठीकै भयो, बिहे गर तर राजगद्दीमा राख्ने टाइपकी अर्की मैले रोजेकी केटीसँग बिहे गर ।"

तर, राजा महेन्द्र टसका मस भएनन् । यस विवाहमा राजा त्रिभुवन र उनकी रानीको घनघोर विमति थियो । यस कुरालाई साम्य पार्न, मातृकाप्रसाद, सूर्यप्रसाद आदि गएका थिए तर उनीहरूले समाधान दिन सकेनन् । महेन्द्रकी आमाले त केसमेत भन्न भ्याइन् भने यदि महेन्द्रले रत्नसँग विवाह गर्‍यो भने उसले राजगद्दी नै त्याग्नुपर्छ । यस्तो कुरा सुनेपछि मातृका, सूर्यप्रसादलाई आश्चर्य लाग्नु त स्वाभाविक थियो । तर, महेन्द्रले मानेनन् । उनले पनि अड्डी नै लिए र केही मानिस लिएर नागार्जुनमा गई रत्नसँग विवाह गरे ।

बाहिरबाट हेर्दा मात्रै हो दरबारयिा शानशौकत तर भित्री रूपमा तिनीहरू अत्यन्त पीडित हुन्छन् । मैले त त्यस्तो नै सोच्ने गरेको छु र वास्तविकता पनि यही नै हो । जब मैले ती सब कुरा थाहा पाएँ अनि मैले राजा त्रिभुवनलाई यो त राम्राे भएन । युवराजलाई राजगद्दीबाटै बेदखल गर्ने कुराले त सरकारको इज्जत-प्रतिष्ठामा आँच पुर्‍याउँछ भनेपछि सो विवाहप्रति अनिच्छुक हुँदाहँुदै पनि त्यस हदसम्म नजाने सोचचाहिँ बनाए । तर, त्यो विवाहमा आफू कतै संलग्न भएनन् । राजहठ भनेको सायद यही र यस्तै होला ।

राजा त्रिभुवनसँग बेलाबेला हँसीमजाक पनि हुन्थे । उनी धेरैजसोलाई तपाइर्ं भनेर बोलाउँथे । तर, मलाई भने तिमी नै भन्थे । यसको रहस्य मैले बुझेको थिएँ र मलाई एक किसिमको आनन्द पनि आउँथ्यो । राजा त्रिभुवनलाई के भएछ कुन्नि मलाई सोधे, "होरा, मैले तिमी भनेँ भनेर रसिाउँछौ कि ?" त्यो सोधाइमा एक किसिमको आत्मीयता निहित डर पनि थियो । मलाई त्यो रहस्य थाहा थियो, त्यो के भने राजा त्रिभुवनले आफ्ना निकटवर्तीहरूलाई मात्र तिमी भन्छन् भन्ने । अतः मैले तुरुन्त उत्तर दिएँ, म नेवारी संस्कृतिको मान्छे । नेवारहरू थकाली मान्छन् । थकाली भनेको आफूभन्दा जेठोले आफूभन्दा कान्छोलाई तपाईं भन्यो भने त्यो एक किसिमको सजायजस्तै हुन्छ । यसबारे मैले युधिष्ठिर र अर्जुनका बीचको कथा पनि भनेँ । मैले भनेँ, "सरकार ! सरकार त मभन्दा जेठो पनि होइबक्सन्छ र हाम्रा राजासमेत होइबक्सन्छ । हाम्राे समाजमा जेठाले कान्छालाई तपाईं भन्न त मिल्दै मिल्दैन । तसर्थ, सरकारले निसंकोच मलाई तिमी भनेर बोलाउनुपर्छ । यो मेरो संस्कृति अनुसार पनि सुहाउने कुरा हो ।" यति भनेपछि त्रिभुवन मसँग अरू बढी प्रभावित पनि भए । उनले भने, "तिमी त अध्ययनशील पनि रहेछौ, कहाँकहाँ महाभारतका कथा ल्याएर पनि सुनायौ, म तिमीसँग गौरवान्वित छु ।" त्यसपछि त राजाले कुनै पनि अवसरमा मलाई बोलाउन छुटाएनन् । यसै क्रममा एक दिन के भयो भने, राजाले मलाई चुरोट खाने भनेर सोधे । मैले हुन्छ सरकार भनेँ । राजा त्रिभुवनले सिगरेट केस अफर गरे । राजाको सिगरेट केसबाट सिगरेट झिक्ने होसै भएन मेरो त, म त अकमक्क परेँ । मेरो त्यो अकमक्याइँ देखेर राजा त्रिभुवनले भने, "के हो होरा, वीरगन्ज, भैरहवा, ठोरी आदि कब्जा गर्ने मानिसले मेरो सिगरेट केसको एउटा सिगरेट पनि कब्जा गर्न नसक्ने ?" यसरी राजाको हाँसो र उत्तेजनायुक्त उक्त बोलीले मलाई राजाप्रति झनै श्रद्धा जागृत भयो । मैले विनम्र भावले एउटा सिगरेट झिकेँ । अनि, मैले नै लाइटर बाल्न खोजेँ तर राजा त्रिभुवनले मैले बाल्छु भने । मलाई भने राजाद्वारा चुरोट बालिनु राम्रो होइन जस्तो लागेको थियो र त्यही भावना अनुसार मैले त्रिभुवन सरकारलाई मैले नै बाल्छु भन्ने अठोट दोहोर्‍याएँ । अनि, राजाबाट मलाई सम्झाउने काम भयो । राजा त्रिभुवनले भने, "ए होरा ! तिमीसँग धेरै कुरा गर्न बाँकी छ तर आज शिष्टाचारको कुरा तिमीलाई म सिकाइहाल्छु । कुरा के हो भने जसले चुरोट अफर गर्छ, त्यो चुरोट बाल्नु पनि उसैले पर्छ, यो शिष्टाचार हो । यस्ता कुरा तिमीले बुझ्नुपर्छ । तिमी त मेरो मान्छे, यस्तो बुझेनौ भने मेरो इज्जत जान्छ ।"

यस्ता कुरा पनि राजा त्रिभुवनले मलाई अत्यन्त आत्मीयताका साथ सिकाउँथे । यसरी शिष्टाचारको परपिालन हुनुपर्छ भनी एक पत्रिकाको लेखमा यस्तो कुरा उल्लेख छ भन्ने कुरा उनले मलाई जानकारी गराए । म पनि अध्ययन गर्ने मान्छे थिएँ तर मलाई यस्ता कुराचाहिँ थाहा थिएनन् । यसरी खास गरी मप्रति राजा त्रिभुवनको विश्वास पनि थियो र माया पनि थियो । हामी राजनीतिक मान्छे के कस्ता मान्छेसँग बोल्न, चल्न पर्छ, यदि यस अनुसारको शिष्टाचार थाहा भएन भने नेपाल र नेपालीकै इज्जत जान्छ भन्ने भावना थियो राजा त्रिभुवनमा । यसरी नै राजा त्रिभुवनले सामान्यभन्दा सामान्य र विशेषभन्दा विशेष कुरा मलाई बताउँथे र मसँग पनि सरसल्लाह लिइरहन्थे ।

(नेपाल को चर्चित साप्ताहिक पत्रिका नेपाल बाट साभार)

Thursday, November 10, 2011

चुटकिला हरु


एउटा सिकारी जंगलमा शिकार खेल्न गयो । उसको जम्काभेट एक्कासी एउटा बाघसँग भयो । सिकारीले बाघतिर बन्दुकसोझ्यायो ।
बाघः ए सिकारी किन बन्दुक ताकेको ? ऊ त्यहाँ सिकार गर्न मनाही छ भनेर लेखेको छ पढिनस् ।
सिकारी: (सूचना पढिसकेपछि) ए
सरी मैले त सूचना देखेकैं थिइन ।
सिकारी अगाडि बढ्यो । तर बाघ पछाडीबाट गर्जिन थाल्यो ।
बाघः पख मनुवा, अब म तिम्रो
सिकार गर्छु ।
सिकारीः तिमीले यहाँ अघि सिकार गर्न मनाही छ भनेको होइन ?
बाघः तिमी पो पढेलेखेको छौं र सूचना बुझ्छौं, मैंले त पढेकै छैन ।
मैंले सिकार गर्दा केहि फरक पदैंन ।

प्रश्नः प्रश्न यो हो भने उत्तर के हो ?
उत्तरः सजिलो छ, उत्तर दीशा हो ।
प्रश्नः म मेरो घर वरीपरी भुतप्रेत भएको कल्पनामात्र गर्छु, के गर्ने हो ?
उत्तरः सजिलो छ, कल्पना गर्न छोडिदिनोस् ।
प्रश्नः मोबाइल र श्रीमतीमा के फरक छ ?
उत्तरः दुइटै अर्कालाई दिन मिल्दैन, बरबाद गरिदिन्छन । खर्चपनि उत्तिकै गर्नुपर्छ, बेला बेला
चार्ज गरिरहनुपर्छ भनेर चाहीा भन्न मिलेन ।
प्रश्नः जतिसुकै बिद्धानले पनि यो कुरो भन्न सक्दैन ?
उत्तरः म निदाइरहेको छु, डिस्टर्ब नगर ।
प्रश्नः हरेक श्रीमतीहरु ऋाफ्ना पतिलाई किन शंक गर्छन् ?
उत्तरः अर्काको पतिलाई शंका गर्यो भने पति फेरी पत्निलाई शंक गर्न थाल्छन् ।
प्रश्नः बाघले घाँस खान थाल्यो भने के होला ?
उत्तरः नेताहरु भ्ाोकै हुन्छन् ।
******************************
किशुनजीको प्रेम
किशुनजी, अर्थात उही हाम्रो कृष्णप्रसाद भट्टराईँजी उहिले अन्तरिम सरकारको प्रधानमन्त्री
भएपछि देश दौडाहामा निस्कनु भयो । पहिलो चरणको यात्रा अन्र्तगत उहाँ पाल्पा र झापाको
भ्रमण मण सकेर राजधानी र्फकनु भयो । यसै बिषयमा कुरा गर्न प्रधानमन्त्री निवासमा पत्रकार
सम्मेलनको आयोजना गरियो:
पत्रकारः???? किशूनजी, तपाईँलाई पाल्पालीको संस्कार मन पर्यो कि झापालीको ?
किशुनजीः ?ब…चाइने, मलाई न पाल्पाली मन पर्यो, न त झापाली । मलाई त,
????????????????? कपाली बाहेक कोही पनि मन परेन !
******************************
माधव कमरेडको सपना?
माधव नेपालजी हालै कोरियाको भ्रमण सकेर पश्चिमा मूलुक अमेरिका पुगेर र्फकनु भयो ।
एमाले पार्टी कार्यालयमा यसै बिषयमा वामदेव गौतमसँग छलफल हुँदैथियोः
वामदेवः कमरेड, पश्चिमको कल्चर राम्रो कि हाम्रो पुविर्य कल्चर राम्रो ?
माधवः न पश्चिमा कल्चर न त पुर्विय कल्चर,म त रौतहटको मान्छे…मेरा लागी त?मध्य?कल्चरमात्रै राम्रो !
………………………………………………………………………………………………………….
गिरिजाबाबुको अहंकार
चौथो पटक प्रम बनेपछि गिरिजाबाबु, जापान घुमेर चाइना हुँदै नेपाल फर्किनु भयो ।
रिपोर्टर क्लबमा सिसि धमलाले सोधिहालेः
धमला:??????? ??गिरिजाबाबु, जापानीज असल कि चाइनिज असल ?
गिरिजाबाबुः: हेर्नोच्, न जापानिज, न त चाइनिज ….निज (स्वयम्) बाहेक
??????????????????? कोही पनि असल छैनन् !
******************************
हनिमुनको पहिलोदिन ।
प्रेमी: सरिता
प्रेमिका: हजुर ।
प्रेम: आजको म तिमीलाई एउटा कुरो सोधौँ ?
प्रेमिका: सोधन ।
उनीः के साँच्चै तिम्रो जिवनमा आएको म नै पहिलो पुरुष हुँ ?
प्रेमिका: हो नि । म पनि एउटा कुरो सोधौँ ?
प्रेमी: सोध न ।
प्रेमिका: किन सबैजना मलाई यही प्रश्न सोध्छन् जहिलेपनि डार्लिग् ?
…………………………………………………………………………………………………………..
डेटिङ्को पहिलो दिन
प्रेमिका अँगालोमा बाधिएकी छिन्
म उनको काखमा बसेको छु
हातमाथी हात राखेर जोडले कसेको छु
म भन्छु: ‘ तिम्रालागी ज्यान दिन्छु
तिमी भन मात्र, लण्डनमा घर किन्छु ।’
अब बोल्ने उनको पालो थियो
सल्काउनु थियो अब प्रेमको दियो
कपाल खेलाउँदै, बोलिन् मेरी माया,
‘तिम्रो टाउकोमा कति धेरै चाया !’
…………………………………………………………………………………………………………………
रमाइलो अपहरणकारी
एकपटक खप्परध्वज जंगलको बाटो भएर शहर जाँदैथियो । बिचबाटोमा पुगेपछि
उसको गाडी अघिल्तिर एक्कासी एउटा एउटा बन्दृक सहितको मान्छे आएर
गाडी रोक्ने आदेश दियो ।
बन्दुकेः ए….हेण्डस् अप ! महिलामाथी हातपात गरेको छस् कि छैनस् ?
खप्परध्वजः छैन हजृर ।
बन्दुकेः गिद्धे दृष्टि लगाएको छस् कि छैनस् ?
खप्परध्वजः छैन हजृर ।
बन्दुकेः मौका पर्दा चौका हानेको छस् कि छैनस् ?
खप्परध्वजः छैन हजृर, म प्राकृतिक रुपमा नै नपुंसक हुँ ।
बन्दुकेः एक्लै दुक्लै भेट्दा कि पुंसक हृन्छस् कि ?
खप्परध्वजः हुन्न हजुर हुन्न । टेष्ट गरि हेर्नोस्, त्यस्तो भए गोली ठोके पनि हुन्छ ।
बन्दुकेः त्यसो भए मेरी प्रेमिकालाई पर शहर सम्म लिफ्ट देउन यार !
******************************
पहिलोः अफिस जाने बेलामा म त मेरी श्रीमतीलाई चुम्मा दिएर मात्रै जान्छु, तिमी नि ?
दोश्रोः म त तिमी हिडेपछिमात्रै ।
******************************
मन्त्रीको पश्चाताप
तिसबर्षम्म राजनीतिमा संलग्न भएका एक नेताले आफ्नो पिएलाई भनेः
मन्त्रीः: भाइ, अब उप्रान्त, म कहिल्यै झुठ बोल्ने छैन ।
पिएः: एकदमै राम्रो हजुर । (एकैछि सोचेर) सांच्ची हजुर, हजुरलाई भेट्न कुनै कार्यकर्ता बाहिर पर्खि रहनु भएको छ ।
मन्त्रीः: छोड्देउ यार , हुनुहुन्न, बाहिर जानुभएको छ भनिदेउ ।
पिएः अहिले भरखर…अब उप्रान्त झुठ बोल्दिन भनेक हैन हजुर !
मन्त्रीः हो, म झुठ बोल्दिंन , तर तिमीले त बोल्दा हुन्छ नि !!
******************************
तिन पटक हा?स्नोस् ।
1.दुइ मनोरोगी
(दुइजना मनोरोगी आपसमा कुराकानी गरिरहेका हुन्छन् )
पहिलोः यार, संसारका हिरामोती सबै मैले किन्ने बिचार गरिरहेको छु ।
दोश्रोः धत्, त्यो सबै म बेच्दिंन यार ।
2.र्स्वर्गकी परी
(पत्नी पीडितहरु आपसमा कुरा गर्दै थिए ।)
पहिलोः यार, मेरी श्रीमती त र्स्वर्गकी अप्सरा छे ।
दोश्रोः बधाई छ यार, मेरी त ज्यू?दै छे ।
3.असफल शिक्षक
(कक्षा ७ मा तिनपटकसम्म फेल भएको दिपकलाई हप्काउ?दै)
शिक्षकः तिन तिन बर्षम्म एउटै कक्षामा बस्दा लाज लागेन ?
बिद्यार्थीः सरलाई १५ बर्षेखी यही कक्षामै बसि रहन लाज नलागेपछि मलाई के को लाज !
******************************
व्यापारी बुद्धी
एकजना ब्यापारीकोमा ठुलो पार्टीको आयोजना गरिएको थियो । अवसर थियो, उनको छोरा रविनले फस्ट डिभिजनमा इन्टर पास गरेको । आफु छोरो पास भएको यस खुशीयालीमा रविनले एक किलो लड्डु लगेर आफ्नो ब्यापारी पिताजीलाई दिँदै भन्योः
छोरोः बाबा, मैले परिक्षामा १०० मा ९५ प्रतिशत ल्याएँ ।
बाबुः (बाबु) नालायक, यो पनि खुशी हुने कुरो हो कहिँ ?
छोरोः १०० मा ९५ ल्याउनु भनेको एकदम राम्रो हो नि बुबा ।
बाबुः वाहियात, हामी सयको मालबाट १५० सम्म ल्याउँछौं, तैले भने १०० मा पनि ५ घटाइस्
हैन !
******************************
रामप्रसाद फनाल
ठोक दोहोरी गायक रामप्रसाद फनाल पहिलो पटक अमेरिका पुगे, उनको भेट कलाकार राजाराम पौडेलसँग भयो। एकदिन दुबैजना कफी पिउनका लागी नजिकैको म्याकडोनाल्ड रेष्टुरेष्ट पुगे ।
रामप्रसादः छिटो पिउनोस् है कफी, चिसो हुन्सक्छ ।
राजारामः के भयो त ?
रामप्रसादः मेनु देख्नु भएन, हट कफी १ डलर, कोल्ड कफी ३ डलर ।
******************************
‘पैसा दुःखको कारण हो भने, त्यो पैसा मलाई दिनोस् र सुःखी रहनोस् ।’
‘यदी माया आगो भएको भए, अहिलेसम्म म जलेर खरानी भईसक्थें ।’
‘ब्युटिपार्लरबाट निस्कने महिलालाई चौकमा बसेर नजिस्काउनोस्,तपाइकी आमा पनि पर्न सक्छिन् ।”
‘कम उचाईकी प्रेमिका नबनाउनोस्, तपाईको शरिर चाँडै नुहिएला ।’
‘ह्याङ्ओभरबाट मुक्त हुने एउटै उपाय हो, ननस्टप रुपमा भटिटमा बसेर पिईरहनु ।’
‘आफैंले गर्नु नपरे असम्भव भन्ने संसारमा केही पनि छैन ।’
‘रक्सी एक मन्दबिष हो ।’ कसलाई हतार छ र ।’
‘तपाईको भविश्य सपनाले निर्धारण गर्छ, सुत्न जानोस् ।’
‘यदी उनले तपाईलाई फर्किएर हेरिन् भने भ्रममा नपर्नोस, नयाँ कुण्डल देखाएकी मात्र हुन् ।’
‘एकजना साथीको हजुरबा, केटाकेटी छँदै मृत्यु भएछ, हिँ हिँ हिँ।’
‘मेरो हजुर’बा यति पुरानो मान्छे कि उहाँको पालामा इतिहासलाई समसामयीक बिषय भनिन्थ्यो ।’
‘हवाईजहाज दुर्घटनाहुँदा ब्ल्याकबक्स केही हुँदैन भने सिङ्गै जहाज ब्ल्याक बक्स बनाए भै गयो नि ।’
******************************
नर्कमा गुरु
एउटा क्लासमा ह्वेलको बारेमा कुरा हुँदैथियो ।
शिक्षकः ह्वेल शारिरिक रुपमा ठुलो भएपनि मानिसलाई निल्न सक्दैन, किन भने उसको
घाँटी सानो हुन्छ ।
बिद्यार्थीः तर, दिपक त जापान जाँदा ह्वेलले निलेको रे, शिक्षकः होइन, त्यो असम्भव छ ।
बिद्यार्थीः त्यसोभए म स्वर्ग गएपछि दीपकलाई सोध्छु । शिक्षकः अनि नर्क गएको रहेछ
भने नि ?
बिद्यार्थीः सरले सोध्नु नि ।
******************************
लंगलाईफ ड्रंकर
लंगलाईफ ड्रंकर ख्प्परध्वजले सोच्यो कि आज श्रीमतीलाई सबक सिकाउनु पर्यो ।
एक पेग हिवस्की दिँदै भन्योः ए, सरिता, यो पिउ ।
श्रीमतीः पिउँदिन ।
श्रीमान्: पिउ न पिउ…हो गुड ।
श्रीमतीः कुहिएको सिनो जस्तै गन्हाउदो रहेछ ।
श्रीमान्: नि देख्यौ, तिमी भन्थ्यौ नि , दिनदिनै पिएर म मज्जा लिइरहेको छु ।कति
गाह्रो हुँदो रहेछ थाहा पायौहोला नि ।
******************************
राम्री शिक्षिका
काली मिस कक्षामा नेपाली बिषय अन्र्तगत ब्याकरण पढाइरहेकी थिइन् ।
कालीमिस: म राम्री छु, यो कुन काल हो ?
दिपकः यो भुतकाल हो मिस ।
कालीमिस: के रे ? भुतकाल हैन, यो बर्तमानकाल हो ।
दिपकः नीताले भनेको भए वर्तमानकाल हुन्थ्यो, मिसले म राम्री छु
भन्दा त भुतकाल नै भयो नि मिस ।
******************************
हिरो बुद्धी
श्रीकृष्ण र दिलिप यती एयरको जहाजबाट पोखरा जाँदै थिए । गोरखाको डाडाँमाथी पुगेपछि जहाज जोड जोडले हल्लिन थाल्यो ।
दिलिपः के हो यार , जहाज त नराम्रोसँग हल्लिन थाल्यो नि त, खस्छ कि
क्या हो ?
श्रीकृष्णः आ….खसे पनि खसोस् है, हामीलाई ठगेर कमाएको पैसा छँदैछ,
अर्को किन्छ नि ।
******************************
असफल नियोजन
हरेरामले शहरमा गएर परिवार नियोजनको स्थायी नियोजन गरायो र गाउँ फर्कियो । एकबर्ष
छाडी उसकी श्रीमतीले एउटा जखमले छोरो जन्माईन् । उ रिसाउँदै आफ्नो नियोजन गर्ने डाक्टरकोमा पुग्यो ।
हरेरामः यो के लापरबाही हो डाक्टर सा?ब । तपाइँल्ो त मेरो स्थायी
नियोजन गर्नुभएको थियो, फेरी यो छोरो कसरी जन्मियो ?
डाक्टरले अझ जंगिदै जवाफ दिए ।
डाक्टरः परिवार नियोजन मैले तपाइँको गरिदिएको थिएँ, सारा गाउँलेको त
गरेको हैन नि ।
******************************
परेवासँग प्रेम
राम र कृष्ण हनुमान ढोका घुम्दैथिए । त्यसैबेला कृष्ण एकोहोरिएर कतै हेर्न थाल्यो ।
रामः ए कृष्ण, एकोहोरो भएर के हेरिरहेको छस् ?
दरबारको दलिनमा प्रेममा मग्न एकजोडी परेवातिर संकेत गर्दै:
कृष्णःहे भगवान, मैले पनि यसैगरी मायाँ गर्न पाए……….।
रामः तिम्रो घरमा पनि त परेवा छन् नि, जाउ न गर ।
******************************
लाइसेन्स बनाउन यातायात कार्यलय गएको थिएँ, एकजना अंकल भेटिए । हामीबिचको छोटो कुराकानी रमाइलो होला भन्ठानेर तपाईँहरुसामु राख्दैछु ।
मनोजः ओ हो अंकल, नमस्कार ।
अंकलः टेन्सन भो भाई, कस्तो टाउको लिएर जन्मिइछ ।
(अंकल जन्मजात तालुखुइले हुन्)
मनोजः के भयो र अंकल, लाइसेन्स बनेन ?
अंकलः फार्म नै भरेका छैन नि ।
मनोजः किन ?
अंकलः नाम,उमेर,लिंग,वतन सबै भरेँ, कपालको रंग पनि लेख्नुपर्ने रहेछ….के लेख्ने हो हामीजस्ताले चाही ?’
******************************
एउटा सुझावः कहिल्यै पनि कसैलाई केही पनि सुझाव नदिनोस् !!
ट्रfफिक सुचनाः बिस्तारै हाँक्नोस्, नजिकै कुनै अस्पताल छैन !!
बिहे नगरुन्जेल मानिसको जिवन अधुरो हुन्छ, बिहे गरेपछि जिवन सकिन्छ !!
मादक पर्दाथ पिएर सवारी नचलाउनोस् नत्र फेरी पिउन नपाईएला !!
******************************
धान खेतमा चराचुरुंगी धपाउन बुख्याँचा झुण्डिइ रहेको थियो । त्यो देख्ता यस्तो लाग्दथ्यो कि त्यो पुतला अर्थात नभएर मानिस हो । खेतको बिचमा रहेको सिसौको रुखमा एकजोडी सुँगा त्यो पुतलालाई हैर्दे कुरा गरिरहेका थिए । सुँगामध्ये बच्चा सुगाले सोध्योः
बच्चाः आमा, आमा त्यो के हो ?
आमाः हामीलाई तर्साउन पराललाई बाँधेर बाहिरबाट मानिसको कपडा लगाई दिएको।
नजिकैको बाटोबाट हिडिरहेकी अर्धनग्न युवती तिर देखाउँदै बच्चा सुगाँले भन्योः
बच्चाः ए….मानिस त कस्ता दयालु । पुतलालाई चाहीँ लुगा लगाईदिँएर आफुचाहीँ नाङ्गै ।
******************************
मुटुमा चप्पल
केटाः (नयाँ केटीलाई) डार्लिङ्, मेरो मुटुमा आएर बस न ।
केटीः (रिसले मुर्मुरिँदै) चप्पल फुकालौँ !
केटाः मेरो हृदय मन्दिर हैन, नफुकाली आए हुन्छ ।
******************************
बुढो बैँश
केटीः क्या हो , बुढोमा मान्छे भएर केटी जिस्काउँ हिडेको, कपाल सेतै फुलेको थाहा छ ?
बाजेः कपाल सेतै सेतै फुलेर के भो नानी, मन त कालै छ नि !!!
******************************
लोग्ने स्वास्नी
बिहे गरेको पहिलो बर्ष लोग्ने बोल्छ र स्वास्नी सुन्छे
दोश्रो बर्ष स्वास्नी बोल्छे , लोग्ने सुन्छ
तेश्रो बर्ष दुबै बोल्छन् र छिमेकी सुन्छन्
******************************
गिरिजाबाबुको टाइम
गिरिजाबाबु जुनसुकै कुरो पनि सयम आएपछि बताउछु भन्छन्, तर कहिल्यै बताउँदैनन् । अति भएपछि मैले सोधेँ: गिरिजाबाबु, दरबार हत्याकाण्डको रहस्य सयम आएपछि बताउँछु भन्नुहुन्थ्यो, समयचाहीँ कहिले आउँछ ?
गिरिजाबाबुः हिमाल १ गते र पन्ध्र गते, नेपाल आइतबार हो क्यार… समयचाहीँ शुक्रबार !!
******************************
लवलेटर हरु:
प्रहरीको लवलेटर
मेरो हृदयकी नाइटभिजन, लङ्गरेन्जको भन्दा लामो तथा बंकरभन्दा गहिरो माया !
आत्माकी सेन्ट्री, सेक्यरिटीवाल भन्दा मजबुत प्यार । मेरो दिमागकी एम्बुस, ब्ल्यांकफायर
भन्दा धेरै क्लियर संझना । प्यारी, मेरो सानो मिसफायरमा तिमी मेरो घेरा तोडेर माइत गयौं,
मेरो मनमा र्कफ्यु लागेको छ । तुरुन्त आत्मसर्मपण गरिदेउ, हैन भने, हातहतियार सहित माइतमा आक्रमण हुनेछ !!
उहि तिमीलाई सधैँ सुरक्षा दिने
हवल्दार ‘काले’
कम्प्युटर अपरेटरको प्रेमपत्र
जिन्दगीकी कन्ट्रोल प्यानल, हन्ड्रेड जिबीको माया ! मैले १एमबी मायााको लागी कतिपटक एप्लाई गरेँ, तर कहिल्यै पनि ओ.के. गरिनौ । तिम्रो पिक्चर मेरो हार्डडिस्कमा सेभ गरिसकेको छु । कृपया मेरो मायालाई रिसाइकलबीनमा सेन्ड नगरिदेउ । मेरो रिकोएस्ट मानिनौं भने, म आफैंलाई अटो डिलिट गर्नेछु , अगाडी तिम्रो इच्छा !!
तिम्रो जिन्दगीको पासवर्ड ‘ गोपाल’
ड्राइभरको लवलेटर
मेरो मुटुकी स्टेयरिङ् , चौथो गियर भन्दा धेरै माया ! अहिले सम्म म कण्डिसनमा नै छु , आषा छ, तिमी पनि पञ्चर भएकी छैनौ होला । म घरबाट हिँड्दा तिम्रो चक्का मेरो मतलब खुट्टा ठिक थिएन, राम्रो वर्कसपमा गएर डाक्टरलाई देखाउनु । केटाकेटीलाई गाली गर्दा हर्न सानो पार्नु , छिमेकीले ओभरटेक गर्छन्, आउँदो नपालबन्दमा घर आउँदैछु ,त्यसैबेला बेट्रीचार्ज गरौंला !!
उहि तिमीलाई हर्न बजाउने ड्राइभर माइला,
बि.च.रा.४३२३
******************************
पल्लोघरको अंकल
छोरोः डेडी, पल्लो घरको अंकलको नाम डार्लिङ हो ?
बाबुः हैन बाबु, उसको नाम त रमेश हो ।
छोराः अनि हजुर अफिस जानासाथ मम्मीले त त्यो अंकललाई डार्लिङ भन्नुहुन्छ त !!
******************************
ल, उल्टो पर्यो नि
पहिलो पटक खप्परध्वज शहरको एउटा भब्य पार्टीमा पुग्यो । डिनर लिइरहेको बेला आफ्नो छेउमा उभिएर बियर तानिरहेको एक ब्यक्तिलाई उसले भन्योः
खप्परध्व्जः कस्तो जमाना आयो । उ त्यो केटोलाई हेर्नोस् न, कस्तो पोशाक लगाएको होला, ठ्याक्कै
केटीजस्तो देखिन्छ !
ब्यक्तिः (उक्त ब्यक्तिले अलि रिसाएजस्तो गरी जवाफ दियो) माफ गर्नोस् महासय, त्यो केटी नै हो,
र उ मेरी छोरी हो ।
(खप्पर अलि अलि डरायो र भन्यो)
खप्परध्व्जः (खप्पर अलि अलि डरायो र भन्यो) सरी है हजुर, । तपाईँ उसको बुवा हो भन्ने कुरा
मलाई थाहा थिएन ।
ब्यक्तिः (ब्यक्तिले जंगिदै भन्यो) तपाईँ मसँग जिस्किदै हुनुहुन्छ कि क्या हो ? म उसको बाबु हैन,
आमा हुँ !
******************************
प्रश्नः : प्रकृतिले दिनका साथै रात किन बनाएको होला ?
उत्तरः: चोर डाकाहरुको पनि जिबिका चलोस् भनेर !
प्रश्नः : हाम्रो देशमा किन एउटा पनि ठूलो मान्छे जन्मिन सकेन ?
उत्तरः: संसारमै यस्तो हो, जन्मिँदा सबै बच्चा नै जन्मिन्छन् !
प्रश्नः : मैले तपाइँलाई चिनिहालेँ नि !
उत्तर : चिनि नहाल्नोस्, मलाई सुगरको समस्या छ, बरु नुन हालिदिनुस् !!

मेरो सुन्दर गाऊ खोरिया

नेपाल को रास्ट्रिय हतियार खुकुरी (Nepal' national weapon Khukuri)